Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • १५ जनाभन्दा बढिले राजीनामा नदिन नेपाल पक्षलाई उपेन्द्रको सुझाव


    बुधबार, बैशाख २२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासमतलाई असफल बनाउ विपक्षी दलका नेताहरुको सक्रियता ह्वात्तै बढेको छ ।

    यसैबिच माधव नेपाल पक्षधर प्रत्यक्ष निर्वाचित सबै सांसदले राजीनामा नदिइ १५ जनाले मात्रै राजीनामा नदिन नेपाल पक्षलाई उपेन्द्र यादवले सुझाव दिएका छन् । 

    उनले १५ जनाले मात्रै राजीनामा दिएपनि कांग्रेस, माओवादी र जसपा गठबन्धनलाई बहुमत पुग्ने भन्दै सोहीअनुसारअघि बढ्न सुझाव दिएका थिए ।  

    हिजोमात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र र माधव कुमार नेपालबीचको छलफलमा जसरी पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने र नयाँ सरकार बनाउनेबारे छलफल भएको बुझिएको छ ।

    प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरको साथ लिएर बहुमत सिद्ध गर्न लागेको भन्दै अर्का अध्यक्ष यादवले कुनैपनि हालतमा त्यो पूरा हुन दिन नहुने धारणा राखेका थिए ।

    यादव र बाबुराम भट्टराईले यसअघि नै बहुमत सांसदहरुको हस्ताक्षर गरेर राखिसकेका छन् । देउवाले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफू तयार रहेको भएपनि जसपाको अवस्था र माधव नेपालक्षधर सांसदहरुले के गर्ने हो ? त्यो पहिले नै प्रष्ट पार्नुपर्ने अडान राखेका थिए ।

    माधव नेपालले आफूहरु कुनैपनि हालतमा ओलीसँग मिल्ने अवस्थामा नभएको भन्दै विपक्षी गठबन्धनलाई सघाउने वचन दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार