Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्‍यमा गिरावट, तोलाको कति ?


    बुधबार, बैशाख २२ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ ।

    मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको हाे । 

    बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै चाँदीको प्रतितोल मूल्‍यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य बुधबार एक हजार तीन सय २० रुपैयाँ तोकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार