Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ८ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु, आत्महत्याको आशंका


    बुधबार, बैशाख २२ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हुम्ला। जिल्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ । 

    गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने रसिले बाँधिएको अवस्थामा बालिका बोहरा भेटिएकी थिइन् । स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने बोहराको मृत्यु शङ्कास्पद भएको बताइएको छ । केही स्थानीयवासीले आत्महत्या भनेर बाहिर प्रचार गरे पनि बालिकाले कसरी आत्महत्या गरिन् भन्दै प्रहरीले शङ्कास्पदरूपमा लिएको छ ।
     
    घटनाको खबर पाउनेबित्तिकै दोजम प्रहरी चौकीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले बालिकाको मृत्यु रहस्यमय भएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली घटनास्थलमा पुगेको छ । मृतक बालिकाको शवलाई सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा ल्याएर शव परीक्षण गरिने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार