Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • च्याम्पियन्स लिग : म्यान्चेष्टर सिटी पहिलो पटक फाइनलमा


    बुधबार, बैशाख २२ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । इङ्ग्लिश प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाईनलमा पहिलो पटक प्रवेश गरेको छ । 

    मंगलबार राति भएको दोस्रो लेगको खेलमा सिटीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई  २–० ले हराउँदै समग्रमा ४–१ को नतिजासहित पहिलो पटक फाइनलमा पुगेको हो। 

    सिटीलाई जित दिलाउन रियाद महरेजले दुवै गोल गरे ।

    खेलको ११ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै महरेजको सिटीको जित सुनिश्चित गरे ।

    पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो ।

    सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

    फाईनल खेल टर्कीमा मे २९ मा हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार