Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख र सांसदहरुको पीसीआर परीक्षण गरिदै


    बुधबार, बैशाख २२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज प्रतिनिधिसभाका सभामुख र सांसदहरुको कोरोना (पीसीआर)परीक्षण हुने भएको छ ।

    आगामी बैशाख २७ गते हुने प्रतिनिधिसभाको अधिवेशनका लागि आज र भोलि सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि बेलुका ५ बजेसम्म पीसीआर परीक्षण हुनेछ ।

    सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र संसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार