Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिपाहीको राशनमा भ्रष्टाचार, सुर्खेतका एसपीविरुद्ध मुख्यालयमा उजुरी


    मंगलबार, बैशाख २१ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  •  काठमाडौं । सशस्त्र प्रहरी बल रक्तकाली गण सुर्खेतका एसपी दिग्बिजय सुबेदीले राशन दुरुपयोग गरेको भन्दै सशस्त्र प्रहरी बलको मुख्यालयमा उजुरी परेको छ । सुबेदीले राशनमा भ्रष्टचार गरेको भन्दै गणकै कर्मचारीहरुले मुख्यालयमा उजुरी गरेको मुख्यालय स्रोतले जनाएको छ ।

    नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले मुलुक संकटको अवस्थामा छ । सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई यसको नियन्त्रण र रोकथाममा परिचालन गरेको छ । तर यस्तो महामारीमा समेत गणका ७५ जना बढी कर्मचारीहरुलाई घर बिदामा पठाएका छन् । राशनमा भ्रष्टाचारकै लागि उनले बिदामा पठाएको एक अधिकृतले बताए ।

    ‘अहिले पनि उनको गणबाट ७५ जना भन्दा बढी कर्मचारीहरु घर बिदामा छन् । हरेक महिना ७५ भन्दा बढी कर्मचारीलाई विदा पठाएर त्यसवापतको रकम उनले लिने गरेका छन्’ एक कर्मचारीले भने, ‘एउटा कर्मचारीको ५ हजार ५ सय रुपैया राशन भत्ता आउने गरेको छ । कर्मचारीलाई विदा पठाएबापत उनले सो रकम आफूलाई बुझाउन शर्त राखेका छन् ।’ यस प्रकारको शर्तमा भए पनि खेती लगाउने सिजन भएकाले प्रहरी कर्मचारीहरु पनि खुशी भएर बिदा जाने गरेका बताइन्छ । ‘उनीहरु घर जान दिए वापतको हरेक महिना आउने राशनको रकम भने एसपीलाई बुझाउनुपर्छ,’ रक्ताकाली गणका एक सिनियर अधिकृतले भने ।

    रक्तकाली गणका एसपी सुबेदीका बिषयमा गणका जुनियर दर्जाका अधिकृतले यस अघि बाहिनीमा रिपोर्ट पनि गरेपनि बाहिनीपति डिआइजी अभि खत्रीले उनलाई उन्मुक्ति दिएपछि त्यसको रिपोर्ट मुख्यालयसम्म आइपुगेको मुख्यालयका एक अधिकृतले बताए । उनले एसपी सुवेदीसँगै मिलाएर उन्मुक्ति दिएको आरोपसहित मूख्यालयमा उजुरी परेको स्रोतको दावी छ ।

    कर्मचारी बिदा छोडेर राशनमा बदमासी भएको उजुरी बाहिनिमा परे पछि उल्टै छनबिनको सट्टा मोटो रकम गण बाट डिआइजी खत्रीले लिएको चर्चा अहिले ६ नम्बर प्रदेशमा छ ।

      ‘उनले मासिक ७५ जना भन्दा बढी जनशक्तिलाई विदामा पठाएर राशनको पैसा लिएको विषयमा उजुरी गरियो तर बाहिनिपतिले वास्ता गरेनन्’ रक्तकाली गणका जुनियर अधिकृतले भने । बाहिनिपति  खत्रीले मातहतका अन्य युनिटबाट समेत रकम उठाउने गरेको स्रोतको दाबी छ ।

    सुबेदी तिनै अधिकृत हुन्, जसले भर्ना छनौट शाखामा रहँदा पनि अनियमितता गरेको आरोप लागेको थियो ।  सशस्त्र प्रहरी गण नम्बर बस्दा समेत जगदम्बा स्टील उद्योगका कामदार भारतबाट नेपाल छिराए बापत रकम असुली गरे पछि उनलाइ कमान्ड बाट बिचमै फिर्ता गरिएको थियो । उनले गएको बर्ष कोरोना महामारीमा देशमा लकडाउन भएको बेला सीमा नाकाबाट जगदम्बा स्टीलमा काम गर्ने २ सयभन्दा बढी भारतीय कामदारलाई नेपालतर्फ आउन दिएका थिए । त्यसबापत उनले प्रतिकामदार ५० हजारका दरले घुस लिएको आरोप लागेपछि उनलाई सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले २०७७ भदौमा हेडक्वाटर तानेका थिए । उनी आइजीपी खनालका अति निकट एसपी हुन् । जगदम्बा स्टीलमा भित्र्याइएका तिनै मजदुरले गतबर्ष पर्सा र बारामा कोरोना फैलाउने काम गरेका ,थिए ।  

    आर्थिक प्रलोभनमा भारतबाट आउने कामदारलाई नेपाल प्रवेश गराएको उजुरी गृह मन्त्रालयमा पुगेपछि एसपी सुवेदीलाई गत बर्ष भदौमा मुख्यालय तानिएको थियो । तर कारबाहीस्वरुप तानिएका उनलाई आइजीपी खनालले १ महिना नबित्दै पुनः सुर्खेतमा गणपतिमा सरुवा गरेका थिए । जगदम्बा स्टीलमा कामदार भित्र्याएबापतको घुसको हिस्सा बुझाएकै कारण उनलाई पुरस्कृत गर्ने काम गरिएको चर्चा त्यतिबेला पनि सशस्त्रमा चलेको थियो । अहिले रासनकाण्डमा पनि उनलाई जोगाउन आइजीपी खनाल नै लागेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार