Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा फेल गराउने कांग्रेसको निर्णय


    मंगलबार, बैशाख २१ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत नदिने निर्णय गरेको छ ।

    आज बसेकाे सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको स्राेतले बताएकाे छ ।

    विश्वासको मत लिनबाट ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको स्राेतले जानकारी दिएकाे हाे ।

    प्रधानमन्त्री ओलीले वैशाख २७ मा संसदबाट विश्वासको मत लिने बताएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद बैठक आह्वान भइसकेको छ।

    केन्द्रदेखि लुम्बिनीलगायत प्रदेशमा असंवैधानिक क्रियाकलाप प्रधानमन्त्रीमार्फत् भइरहेको भन्दै कांग्रेस बैठकले भर्त्सना पनि गरेको छ । सरकारले संवैधानिक आयोगलगायत काम अध्यादेशबाट ल्याएकोमा पनि विरोध गरेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार