काठमाडौं । विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमण र मृत्युदर बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन छाउनी केन्द्रले एम्बुलेन्स र शव बाहनका लागि हटलाइन सेवा सुरु गरेको छ ।
केन्द्रका अनुसार एम्बुलेन्सको लागि १०२ र शव व्यवस्थापनको लागि ११४० नम्बरमा सम्पर्क गर्न सकिने छ । शव व्यवस्थापनमा खटिएका टीमको बारेमा जानकारी लिनुपरेमा १०५ मा सम्पर्क गर्न सकिने छ ।
शव व्यवस्थापनका लागि डेथ सर्टिफिकेट र कोभिड १९ पोजेटिभ रिपोर्ट rcmc.ops76@gmail.com मा इमेल गर्नुपर्ने छ ।
अस्पतालमा मृत्यु भएकाको हकमा सम्बन्धित अस्पतालले सीसीएमसीलाई शव व्यवस्थापनको लागि अनुरोध गरेको पत्र र होम आइसोलेसनमा मृत्यु हुनेको हकमा स्थानीय पालिकाको सीसीएमसीलाई शव व्यवस्थापन लागि अनुरोध गरेको पत्र हुनु पर्ने केन्द्रले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको वेबसाइटमा राखिएको एम्बुलेन्सको रूट
