काठमाडाैं । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको निरौलाले जानकारी दिएका छन्।
आफूमा कोरोना संक्रमण पुष्टि भएकाले आज बस्ने भनेकाे उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठकमा आफ्नो भौतिक उपस्थिति नरहने उनले जानकारी दिए ।
उनले भने ‘प्रविधिको प्रयोगमार्फत बैठकमा मेरो उपस्थिति हुनेछ, भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहनेछ’।
उनी अहिले आइसोलेशनमा रहेका छन् । अहिले उनकाे स्वास्थ्य अवस्था सामान्य नै छ।