Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिल्लीमा अक्सिजनको हाहाकार, स्वास्थ्य सामग्री उपलब्ध गराउन सेनालाई अपील


    मंगलबार, बैशाख २१ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितको उपचारका लागि त्यहाँको सरकारले सेनालाई सहयोग मागेको छ ।

    नयाँ दिल्लीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि सरकारले भारतीय सेनाको सहयोग मागेको हो ।

    दिल्लीमा आइसियु कक्ष सञ्चालन गर्न र स्वास्थ्य सामग्री उपलब्ध गराउन सेनालाई अपील गरेको छ । बिरामीको चाप बढेसँगै बेडको अभावमा खुला स्थानमा बिरामीको उपचार गर्न थालिएको छ ।

    अक्सिजनको अभावमा बिरामीको मृत्यु हुन थालेको छ । नयाँ दिल्लीमा दैनिक १० हजारको दरले संक्रमित थपिने क्रम जारी छ । एक हजार जना आइसियु र अक्सिजन अभावकै कारण छटपाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    दैनिक ४ सयभन्दा बढीको मृत्यु हुन थालेको छ । अक्सिजनको अभावका कारण मर्नेको संख्या अत्यधिक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार