Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल सुपर लिग : विराटनगर एफसी शीर्ष स्थानमा उक्लियो


    मंगलबार, बैशाख २१ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जित हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्ष स्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शुन्य गोलले पराजित गरेको हो ।

    दशरथ रंगशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्दपी मध्यान्तर अघिको खेलमा उसले गोल गर्न भने सकेन् । खेलको २३ औं मिनेटमा विराटनगरका सुनील बलको प्रहार गोलपोष्टमाथिबाट बाहिरीयो ।

    खेलको ३६ औं मिनेटमा विदेशी खेलाडी एडेलाजाले पाएको मौकाको सदुपयोग गर्नुसकेनन् ।

    यसैगरी पहिलो हाफको अन्तिम समयमा विराटनगरका निरकुमार राईको प्रयास पनि खेर गयो । मध्यान्तरपछिको खेलको ५८ औं मिनेटमा विराटनगरका सन्तोष तामाङले गरेको प्रहार चितवनका गोलकिपर विशाल सुनारले रोके ।

    विराटनगरका लागि खेलको ७३ औं मिनेटमा विदेशी खेलाडी पेद्रो मान्जीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । खेलको ८९ औं मिनेटमा विराटनगरका लागि सन्तोष तामाङले दोस्रो गोल गरे ।

    जितसँगै विराटनगर चार खेलमा सात अंक जोड्दै शिर्ष स्थानमा प्रवेश गरेको छ । चितवनको चार खेलमा दुई अंक छ । चितवन लिगको पुछारमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार