काठमाडौं। सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।
गत आइतबार बेलुका बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को बैठकले वैशाख २० गते अर्थात् हिजोको मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेको मध्येरातीबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री तथा सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को संक्रमणकोे भयावह अवस्थालाई मध्यनजर गर्दै यसखाले निर्णय गरिएको हो ।
साथै, सरकारको उक्त निर्णयअनुसार आजदेखि आन्तरिक उडान बन्द भएका छन् भने बाह्य उडानहरु पनि भोली रातिदेखि बन्द हुँदैछन्।
यस्तै, सरकारले निषेधाज्ञामा पनि संक्रमितको संख्या नघटेपछि आजबाट थप कडाइ गरिने बताएको छ।