Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्ती अस्पतालमा २१ दिने शिशुमा पनि कोरोना भेटियो


    मंगलबार, बैशाख २१ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङमा २१ दिने शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

    दाङको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा सोमवार गरिएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो ।

    सोमवार नै वडा नम्बर १५ कै एक महिने अर्का शिशुसहित ६० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा दुई सय ६१ जनाको पीसीआर परीक्षण गरिएकामा दुई सय एक जनामा पोजेटिभ देखिएको हो ।

    सङ्क्रमित हुनेहरूमा घोराही र तुलसीपुरका बढी छन् । योसँगै दाङमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय नाघेको छ । अहिलेसम्म दाङमा कोरोनाबाट ८१ जनाको ज्यान गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार