Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानून स्वीकार्य हुँदैन’


    सोमबार, बैशाख २० २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने गरी आउने कुनै पनि ऐन, कानून स्वीकार्य नहुने बताएको छ ।

    विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रतिष्ठान शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले शुभकामना सन्देश दिँदै प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानून महासङ्घलाई स्वीकार्य नहुने बताउनुभएको हो ।

    “पत्रकारका पेशागत र भौतिक सुरक्षा तथा प्रेस स्वतन्त्रताका लागि देशभरका पत्रकार एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो । पत्रकार आचारसंहिता र पत्रकारिताका स्थापित मान्यतालाई अनुसरण गरे मात्र समाजले आम पत्रकारप्रति गरेको विश्वास र सामाजप्रतिको दायित्व पूरा हुने उहाँको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार