काठमाडौं ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय जनगणना २०७८ स्थगित गरेकाे छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित भएकाे हाे ।
कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो ।
कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि सरकारले स्थगित गरेको थियो ।