Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाको ‘चेन ब्रेक’ गर्नका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ४२ पुग्यो (सूचीसहित)


    सोमबार, बैशाख २० २०७८
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ ।

    कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।

    आज विहानदेखि बर्दियामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । यसअघि ठाउँ विशेषमा निषेधाज्ञा जारी गरिए पनि आज विहान ६ बजेदेखि आउँदो ३१ गते विहान ६ बजेसम्म पूर्णरुपमा निषेधाज्ञा लागू भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

    बझाङमा र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ । बझाङमा आज विहान १ बजेदेखि २६ गते राति १२ बजेसम्म र बैतडीमा आज विहान ८ बजेदेखि जेठ २ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको गृहमन्त्रालयको विवरणमा उल्लेख छ ।

    अर्घाखाँचीमा आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

    यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।

    यी हुन् निषेधाज्ञा गरिएका जिल्लाहरु :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार