एजेन्सी । ११ बर्षपछि इटालियन सिरी ‘ए’ फुटबलको उपाधि इन्टर मिलानले जितेको छ ।
आइतबार राती दोस्रो स्थानमा रहेको एट्लान्टा सासोउलोसँग १-१ गोलको बराबरीमा रोकिएपछि इन्टरले सिजनको चार खेल अगाबै उपाधि जितेको हो ।
१० खेलाडीमा समेटिएको एट्लान्टाका लागि रोबिन गोसेन्सले गोल गरेका थिए भने सासोउलोका डोमिनिको बेरार्डीले बराबरी गोल फर्काएका थिए ।
गोल्लिनीले सुरुवातमै रातो कार्ड पाएको खेलमा एट्लान्टाका लुइस मुरिएल पेनाल्टी गोल गर्न असफल भएका थिए ।
एट्लान्टाको बराबरीसँगै इन्टरले १३ अंकको स्पस्ट अग्रता बनाउदै उपाधि जितेको हो ।
यस्तै गएराती भएको एको खेलमा युभेन्टस विजयी भएको छ। युभेन्टसले उडिनेजेलाई २-१ गोल अन्तरले पराजित गरेको हो। युभेन्टसको जितमा दुवै गोल रोनाल्डोले गरे।