एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा तीन लाखको संख्यामा कोरोना भाइरसका संक्रमितहरु निको भएका छन् । आइतबार मात्रै २ लाख ९९ हजार ८०० जनालाई निको भएको हो ।
यसअघि शनिबार अहिलेसम्मकै सबैभन्दा बढी ३ लाख ८ हजार ५२२ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको थियो । योसँगै अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ६२ लाख ८१ हजार ७३८ पुगेको छ ।
त्यस्तै, आइतबार भारतमा एकैदिन संसारकै सबैभन्दा बढी ३ लाख ६९ हजार ९४२ जना संक्रमित थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ९९ लाख १९ हजार ७१५ पुगेको छ । हाल भारतमा ३४ लाख १० हजार ४२६ जना सक्रिय संक्रमित रहेका छन् ।
आइतबार मात्रै ३ हजार ४२१ जनाको कोरोनाबाट मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख १८ हजार ९४५ रहेको छ ।