Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महामारीमा लुट, २ रुपैयाँको मास्कलाई १० रुपैयाँ 


    सोमबार, बैशाख २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। कोरोना भाइरसको नयाँ भेरियन्टले महामारीको रुप लिएसँगै व्यापारीहरुले मास्कमा अनुचित मूल्य लिन थालेका छन्। सामान्यतया: दुई रुपैयाँ पर्ने मास्कलाई १० रुपैयाँ लिन थालेपछि  सरकारले कारबाही थालेको छ ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको छ । तर सोही मास्क सर्वसाधारणले प्रतिपिस १० रुपैयाँभन्दा बढीमा किन्नुपरेको  बताएको छ ।

    विभागका प्रवक्ता शिवराज सेढाईका अनुसार  सर्जिकल सामानमा अनुगमन गर्दा उत्पादक र खुद्रामा मूल्यमा धेरै अन्तर देखियो बढी मूल्य लिई उपभोक्ता ठगी गरिरहेका सर्जिकल हाउस/स्टोरलाई कारबाही गरिरहेका छौं ।’ अबको अनुसन्धान थोक र खुद्रा विक्रेताको तहमा हुने उनले जानकारी दिए । विभागले शुक्रबार ज्ञानेश्वरस्थित अनुज स्टोर, यू एन्ड बी स्टोर तथा आरएन स्टोरलाई ५ हजारका दरले जरिवाना गरेको थियो । तीनवटै स्टोरको बिल पारदर्शी थिएन ।

    यस्तै,विभागले आइतबार त्रिपुरेश्वरमा रहेको अल फाइन सर्जिकल सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । सप्लायर्सले मास्कमा दोब्बर मूल्य लिएकाले जरिवाना गरिएको विभागले जनाएको छ । ‘प्रतिपिस ४.४६ मा थोक खरिद गरेकामा ८.३८ रुपैयाँमा बिक्री गरेको देखियो,’ सेढाईले भने । मास्कको मूल्य मनपरी भए पनि विभागले मूल्य तोक्न सक्दैन । अहिले विशेष परिस्थिति भएकाले गुणस्तर छुट्याउने, सोहीअनुसार मास्कको वर्गीकरण गरेर उत्पादन र खुद्रा मूल्य निर्धारण गर्नुपर्ने जानकारहरू बताउँछन् । यसले ठगीबाट केही हदसम्म बच्न सकिने विभागका कर्मचारीको भनाइ छ ।

    मास्क, सेनिटाइजर, स्वास्थ्य सामग्री र खाद्यान्नमा केन्द्रित गरी दैनिक ३ टोली अनुगमनमा खटाइएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार