Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसदबाट राजीनामा दिएका छैनौं, कित्ता परिवर्तन गरेका हौंः सांसद शाही


    आइतबार, बैशाख १९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  लुम्बिनी प्रदेशसभाका सांसद अजय शाहीले पदबाट राजीनामा नदिएको बताएका छन् । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबाट सांसद निर्वाचित भएका शाहीले अलग गुटमा सामेल भएको तर पदबाट राजीनामा नदिएको प्रष्ट पारेका छन् ।

    पश्चिम नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर एकको प्रदेश सभा ख बाट स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित शाहीले नेपालफेससँग भने, मैले राजीनामा दिएको होइन । राजीनामा सम्बन्धी समाचार बिभिन्न संचार माध्यममा प्रकाशित भएपछि शाहीले आफूले कित्ता फेरेर माओवादीलाई समर्थन गरेको बताए । सांसद शाहीले भने– ‘राजीनामा दिएको होइन, कित्ता फेरेको हो ।’ आफूहरुले उपस्थितिमा मात्रै हस्ताक्षर गरेको तर एमालेले कीर्ते गरेर आफ्नो हस्ताक्षर निर्णयमा समेत प्रयोग गरेको हो, उनले भने ।

    सांसद शाहीका अलावा दुगनारायण पाण्डे र धर्मलाल श्रीवास्तवले राजीनामा दिएको समाचार सार्वजनिक भएको थियो । तर सांसद शाहीले आफूहरु तीनै जनाले राजीनामा नदिएको बरु कित्ता फेरेको बताएका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलका बिरुद्ध आइतबार प्रदेशसभामा अविश्वास प्रस्तावमा मतदान हुने मिति तय गरिएको थियो । तर सोही दिन बिहान उनले अविश्वास प्रस्तावमा फ्लोर क्रस हुने सूईको पाएपछि राजीनामा दिएर पहिल्यै गरेको ४१ सांसदको हस्ताक्षर बुझाएर ठूलो दलको नाताले मुख्यमन्त्री नियुक्त हुने जस्केलाको बाटो रोजेका थिए । तर सांसद बिमला ओली माओवादीतिर लागेपछि उनको डिजाइन चकनाचुर भयो । लगत्तै एमालेकै सूर्य चिह्नबाट चुनाव जितेका ३ सांसदले राजीनामा दिएपछि उनी स्पष्ट अल्पमतमा परिसकेको अवस्थामा प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई सपथ गराएका छन् । र, मुख्यमन्त्रीकै कार्यालयमा गएर सपथ समेत खुवाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार