बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका बिरुद्ध बहुमत सांसदले हस्ताक्षर गरे पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई पुनः नियुक्ति गरेर संविधानविपरीत कार्य गरेका छन् ।
मुख्यमन्त्री पोखरेलको सरकारका बिरुद्ध ४२ सांसदले हस्ताक्षर गरेको पत्र सार्वजनिक भइसकेपछि पनि प्रदेश प्रमुख यादवले सपथ खुवाएका छन् । प्रदेश प्रमुख यादवले अल्पमतमा परिसकेका मुख्यमन्त्रीलाई बहुमतप्राप्त मुख्यमन्त्रीका रुपमा नियुक्त गरेर अलोकतान्त्रिक कार्य गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आरोप छ ।
मुख्यमन्त्री पोखरेलको सरकारका बिरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आज मतदान हुँदैथियो । र, उनको सरकारका बिरुद्ध बहुमतले अविश्वास प्रस्ताव पारित हुने देखिएपछि उनले हतार हतार आज बिहान पदबाट राजीनामा दिएर अर्कै प्रयोजनमा पहिल्यै गरिएको सांसदको हस्ताक्षर बुझाई मुख्यमन्त्री नियुक्त भएका थिए ।
दाङबाट निर्वाचित सासद विमला ओलीको हस्ताक्षर समेत दुरुपयोग गरी उनले बहमुत देखाएका छन् । सर्वोच्चले गएको फागुन २३ मा गरेको फैसलामा नेकपाबाट निर्वाचित भएका सांसदले एमाले वा माओवादी जुन पार्टी पनि रोज्न सक्ने बिकल्प दिएको थियो । त्यही बिकल्प अनुसार ओलीले नेकपा माओवादी रोजेकी हुन् । तर ओली माओवादीमा लागिसकेको स्पष्ट हुँदाहुँदै पनि उनको समेत हस्ताक्षर बुझाएर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुखले घोर असंवैधानिक काम गरेको आरोप लम्बिनी प्रदेशका सांसदहरुले लगाउँदैआएका छन् ।
लुम्बिनी प्रदेशका सांसदहरुले असंवैधानिक रुपमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि प्र्रदेश प्रमुख यादवको कार्यालय घेराउ गरी सरकारबिरुद्ध ४२ भन्दा बढी सांसदको टाउको नै गनेर देखाउने चुनौती दिइरहेका छन् । एमालेको सूर्य चिह्नबाट जितेका दुगनारायण पाण्डे, अजय शाही, धर्मलाल श्रीवास्तवले राजीनामा दिइसकेका छन् ।
यिनको राजीनामाले पनि मुख्यमन्त्री पोखरेलबिरुद्ध एमालेभित्रै चर्को असन्तुष्टी रहेको देखाएको छ । तर प्रदेश प्रमुख यादवले बहुमत गुमाएका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर नांगो नाच देखाएका छन् ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend