Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वैशाख २७ गते संसदको बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस


    आइतबार, बैशाख १९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले वैशाख २७ गतेका लागि संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ गते सोमवारका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । 

    मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने जानकारी गराएका छन् । संसदमा विश्वासको मत लिने जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । 

    बैठकको मिति तय भइसकेको अवस्थामा सरकारले वैशाख ६ गते संसदको हिउँदे अधिवेशन अन्त्य गरेको थियो । वैशाख २७ गते अधिवेशन शुरू गरेर सरकारले संसदमा प्रि–बजेट छलफल, सरकारका नीति तथा कार्यक्रम र १५ गते बजेट ल्याउने तयारी गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार