Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्लाज्मा दिँदा पनि पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार आउन सकेन


    आइतबार, बैशाख १९ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी काेमल शाहलाई बिहीबार प्लाज्मा दिँदा पनि स्वास्थ्यमा सुधार आउन सकेको छैन।  

    कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियूमा राखेर उपचार थालिएको थियो।

    आइसियूमा राखेर उपचार गरिरहे पनि अवस्था सुधार नभएपछि उनलाई प्लाज्मा दिइएको थियो।

    प्लाज्माबाट रगतमा आवश्यक अक्सिजनको मात्र बढ्नुपर्नेमा त्यो नभएकाे अस्पताल स्राेतले बताएकाे छ । 

    शाहको स्वास्थ्य स्थिर र गम्भीर रहेको नर्भिकका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए।

    कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र छोरी प्रेरणा वैशाख ७ गते नर्भिकमा भर्ना भएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार