Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ला लिगा : रियल र एट्लेटिक दुवैको जित, उपाधि यात्रा रोमान्चक मोडमा


    आइतबार, बैशाख १९ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा फुटबल अन्तर्गत  रियल म्याड्रिडले उत्कृष्ट जित हाँसिल गरेको छ ।

    शनिबार राती रियलको घरेलु मैदानमा.भएको खेलमा घरेलु टोली म्याड्रिडले ओसासुनालाई २-० गोल अन्तरले पराजित गर्दै उत्कृष्ट जित हाँसिल गरेको हो। 

    रियलको जितमा इडेर मिलिटाओ र कासिमिरोले समान एक एक गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा खेलेको घरेलु टोली रियलले दोस्रो हाफको ७६ औं मिनेटमा मिलिटाओको गोलबाट अग्रता बनायो । त्यसपछि खेलको ८० औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

    जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोडेको छ । पराजित ओसासुना ४० अंक जोडेर ११ औं स्थानमा रहेको छ । 

    यस्तै, शनिबार राती नै भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडले पनि जित हाँसिल गरेको छ। एट्लेटिकोले इल्चेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    दोस्रो स्थानको रियल र पहिलो स्थानको एट्लेटिक दुवैको जितपछि उपाधि यात्रा रोमान्चक मोडमा पुगेको छ। एक खेल बढी खेलेको एट्लेटिकोको ७६ अंक रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार