एजेन्सी । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इण्डियनसले रोमान्चक जित निकालेको छ ।
शनिबार राति दिल्लीमा भएको रोमान्चक खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गर्दै उत्कृष्ट जित निकालेको हो।
चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको जितमा विस्फोटक ब्याटिङ गरेका किरण पोलार्डले ८७ रनको धमाकेदार पारी खेले मात्र ३४ बलको सामना गरेका पोलार्डले ८ छक्का र ६ चौका प्रहार गरे ।
यस्तै क्विनटन डी ककले ३८ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन बनाए ।
चेन्नईका लागि साम कुरानले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।
चेन्नईका लागि अम्बाती रायडु ७२, फाप डु प्लेसिस ५० र मोइन अलीले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।
मुम्बईका पोलार्डले २ विकेट तथा ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १र१ विकेट लिए ।
जितसँगै मुम्बईले ७ खेलमा ८ अंक जोडेको छ । मुम्बई तालिकाको चौंथो स्थानमा रहेको छ भने चेन्नईले ७ खेलमा १० अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ ।