Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङको तुल्सीपुरमा भारतीय नम्बरको गाडीमा ३ बालबालिकाको शव फेला


    आइतबार, बैशाख १९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका-६ स्वर्गद्वारी टोलमा भारतीय नम्बर प्लेटको गाडीमा ३ बालबालिकाको शव हिजो साँझ फेला परेको छ ।

    ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार भारतीय नम्बर प्लेटको रोकी राखेको गाडीमा ती बालबालिकाको शव फेला परेको हो ।  विगत ३ देखि ४ महिनादेखि पार्किङ गरिराखेको कारनजिकै जाँदा गन्ध आएपछि स्थानिय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

    आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा तीन बालबालिकाको शव फेला परेको हो । तुलसीपुर-६ बरूवागाउँका तीन बालक वैशाख १६ गते साँझ हराएको निवेदन प्रहरीमा परेको थियो।

    ती बालबालिका स्थानीय हुन सक्ने प्रहरीको आशंका छ । शवको सनाखत भइनसके पनि सबै १० वर्षभन्दा कम उमेरका छन् ।

    प्रहरीले अहिले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। ईलाका प्रहरी कार्यालय  तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले घटना गम्भीर भएको र घटनास्थलमा मुचुल्का उठाउने काम गरिएको वताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार