काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको एमाले स्रोतले जानकारी दिएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनाललाई मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको र मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको खनाल निकट स्रोतले जनाएको छ ।