काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार ७०६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
१४ हजार ९६९जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । आज (शनिबार) देशभर एक हजार २८७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८२ हजार ३८२ संक्रमित निको भइसकेका छन् ।