Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने तयारी


    शनिबार, बैशाख १८ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतमा जस्तै नेपालमा पनि कोरोना महामारीले भयाबह रुप लिन थालेको छ । दिनमा ३५ जनाको मृत्यु हुन थालेको र काठमाडौं उपत्यकाका दैनिक ३ हजारको संख्यामा कोरोना संक्रमित थपिने क्रम बढेपछि सरकारले त्यसको रोकथामका लागि धेरै खालका उपाय अबलम्बन गर्दैआएको छ । बैशाख १६ देखि काठमाडौंसहित देशका २३ जिल्लामा निषेधाज्ञा लगाएको सरकारले केही अन्तर्राष्ट्रिय उडानमा समेत रोक लगाउने तयारी गरेको छ ।

    कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

    सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण डढेलो सरी फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडानसमेत बन्द गर्न सिफारिस गरेको छ भने निषेधाज्ञालाई थप कडा गर्ने निर्णय पनि गरेको छ ।

    सीसीएमसीको बैठकले कोरोना अतिप्रभावित मुलुकहरु भारत, बेलायतसहित१० मुलुकबाट नेपालमा हुने उडानलाई रोक लगाउन सिफारिस गरेको हो । तर, ट्रान्जिट हुँदै आउने विमान भने नरोकिने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार