Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको प्रवास कमिटी कुवेत बिस्तारः अध्यक्षमा गैरे र महासचिवमा घिसिङ 


    शनिबार, बैशाख १८ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • युवराज गैरे र देवशमशेर घिसिङ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) प्रवास कमिटी प्रवासी नेपाली मञ्च कुवेत शाखा विस्तार गरिएको छ । नवगठित कमिटीको अध्यक्षमा युवराज गैरे (बाग्लुङ) र महासचिवमा देवशमशेर घिसिङ(रामेछाप) चयन भएका छन् ।

    नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नेकपा एमालेका उप–महासचिव तथा स्थायी कमिटी सदस्य क।घनश्याम भुसालको अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । नेकपा एमाले प्रवास इन्चार्ज श्रीप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा १५ सदस्यीय कमिटी विस्तार गरिएको छ ।

    कमिटीको बरिष्ठ उपाध्यक्षमा मनवीर लामा (कास्की), उपाध्यक्षमाः दिल श्रीपाली (दाङ), सचिव हरि रेग्मी (अर्घाखाँची), सहसचिव टंकबहादुर खड्का ‘सुमन’ (रामेछाप) र कोषाध्यक्षमा रमेश लामा (कास्की) रहनुभएको छ ।

    त्यसैगरी सदस्यहरुमा भीमबहादुर खत्री (बागलुङ), दीपेन्द्र चौधरी (चितवन), सुजन न्यौपाने (झापा), मनोज थापा (पाल्पा), महेश दाहाल (मोरङ), कालिकाप्रसाद पौडेल (गोरखा) विवेक तामाङ (कास्की) र टेकबहादुर प्रधान (भोजपुर) रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार