काठमाडौं । पूर्वआइजीपी सर्वेन्द्र खनालसहितका केही ब्यक्तिहरुले कोेरोना बिरामीलाई अस्पताल लैजान सजिलो होस् भनेर निःशुल्क एम्बुलेन्स सेवा संचालन गरेका छन् । काठमाडौ उपत्यकामा२४ सै घन्टा संचालन गर्नेगरी शनिबार(आज)बाट निशुल्क कोभिड एबुलेन्स सेवा संचालन गरेको जानकारी अभियानका एक सदस्य अधिवक्ता संजयराज अधिकारीले दिएका छन् । एम्बुलेन्स अक्सिजनसहित सन्चालन गरिएको जनाइएको छ ।
निजी सावारी साधन नभएका र एबुलेन्सको खर्च तिर्न नसक्नेले एम्बुलेन्स सेवाका लागि सम्पर्क गर्नसक्नेछन् । निःशुल्क एम्बुलेन्सका लागि निम्न मोवाइल नम्बर ९८५१२७७३४२, ९८५१२३९३४२ र ९८५१३१२४१७ मा सम्पर्क गर्न सकिने अधिवक्ता अधिकारीले जानकारी दिएका छन् ।
निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने अभियानमा पूर्वआइजीपी खनालका अतिरिक्त पाइलट बिजय लामा, भ्रष्टाचार बिरुद्धको अभियान संचालन गर्ने हाम्रो नेपाल, हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही, निखिल उप्रेती, कलाकार निखिल उप्रेती छन् ।
त्यसैगरी ॐ समाज डेन्टल अस्पताल, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, डा. सुबास घिमिरे, एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाही, अधिवक्ता संजयराज अधिकारी, पर्यटन यातायात महासंघका अध्यक्ष रामहरि शर्मा, राप्रपा नेता देबेन्द्र प्रधान र बिरा समाज सेबा पनि निःशुल्क एम्बुलेन्स संचालन गर्ने अभियानकर्तामा छन् ।