Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना महामारीको जोखिममा बीरगञ्जः भारतसँग जोडिएका नाकामा कडाइ


    शनिबार, बैशाख १८ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धर्मेन्द्रप्रसाद यादव 

    पर्सा । विश्वब्यापी महामारीको रुप लिइरहेको कोरोनाबाट पछिल्ला केही दिनयता पर्सा जिल्ला पनि नराम्रोसँग आक्रान्त भइरहेको छ । पर्सामा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा र भारतसँग जोडिएका सीमानाकामा सशस्त्र प्रहरीले कडाइ गरेको छ ।

     पर्सामा जारी निषेधाज्ञाको तेस्रो दिन आज शनिबार मिर्जापुर बीओपीबाट खटिएको सशस्त्र प्रहरी टोलीले टिहुकी, भेडिअर्वा, मिर्जापुर, भलुवहीया सीमानाकामा चेकजाँचमा कडाइ गरेको छ ।

    भारत जाने र नेपाल आउने अति आवश्यक परेकालाई सीमानाकामा ज्वरो चेकजाँच गरेर जान अनुमति दिने गरेको छ । मिर्जापुर बीओपीको एरियामा पर्ने टिहुकी, भेडिअर्वा, भलुवहीयाबाट भारत जाने सबै बाटोमा बाटो बन्दको ब्यानर पनि टाँगिएको छ । अति आवश्यक काम बाहेक घर बाहिर निस्कनेलाई र भारत आउजाउ गर्ने मान्छेहरुलाई होल्ड गरेर चेतावनीका साथ सशस्त्रले छाड्ने गरेको छ ।

    APF parsa mirjapur bordar.jpg

    कोरोना महामारी फैलिन नदिन अनावश्यक कामबाहेक घरबाट ननिस्कन आग्रह गरेको छ । अटेरी गर्नेलाइ कारबाही पनि गर्ने सशस्त्र प्रहरीका अधिकारी बताउँछन् ।

    सशस्त्र प्रहरी मिर्जापूर बीओपीबाट खटिएको टोलीले  गाउँगाउँमा घुमी माइकिङ र चौकचौकमा कोरोनाविरुद्ध सचेतनामूलक अडियो पनि बजाएर सचेतना फैलाउँदैआएको छ । जिल्लामा कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गएकाले समयमै माइकिङ गरी सचेत बनाएको सशस्त्र प्रहरी निरीक्षक कृष्ण अधिकारीले जानकारी दिए ।

    ठाउँठाउँमा टोली परिचालन गरी सवारी साधान जाँच गर्न थालिएको र छिमेकी मुलुक भारतमा दिनप्रतिदिन लाखौं लाख कोरोना संक्रमित हुने गरेकाले नेपालमा त्यस्तो दिन आउन नदिन शनिबारबाट थप कडाइका साथ हुने सशस्त्र प्रहरी निरीक्षक कृष्ण अधिकारीले जानकारी दिए । पर्सा महामारीको उच्च जोखिममा रहेका कारण  निषेधाज्ञाको पालना गरी कोभिड नियन्त्रण अभियानमा सहयोग गर्न प्रहरीले आम नागरिकमा अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार