Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युवासंघले बिपन्न कोरोनाका बिरामीको अस्पतालको बेड खर्च सहयोग गर्ने


    शुक्रबार, बैशाख १७ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपाल बाँकेले कोभिड–१९ संक्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीहरुमध्ये विपन्न तथा असहायहरुका लागि अस्पतालको खर्च व्यहोर्ने भएको छ ।

    कोभिड–१९ महामारीको बढदो संक्रमणले बाँके जिल्ला आक्रान्त बनिरहेको बेला युवा संघ बाँकेले गरिव तथा विपन्न समुदायका ब्यक्तिहरुको उपचारमा सहयोग पुर्याउन दैनिक १० बेडको खर्च सहयोग गर्ने भएको छ ।

    आर्थिक रुपले गरिब, विपन्न परिवारका व्यक्तिहरुले प्रयोग गरिरहेको अक्सिजन सहितको १० बेड सहयोग गर्न लागिएको एमाले युवा नेता तथा युवा संघ नेपालका महासचिव दिपक जि एमले बताए । यसका लागि एमाले बाँकेलाई जिल्ला कमिटी सदस्यहरु तथा पार्टी कार्यकर्ताहरुबाट करिब ७ लाख सहयोग प्राप्त भएको उनले बताए ।

    एमाले नेता अव्दुल हुसेन खाँका अनुसार शिक्षण अस्पताल कोहलपुरमा हरेक दिन १० वटा अक्सिजन सहितको बेडको खर्च व्यहोर्ने निर्णय भएको छ । साथै बाँके जिल्लाले शुरु गरेको यस कार्यमा पूर्व प्रधानमन्त्रीद्धय झलनाथ खनाल र माधवकुमार नेपालले पनि आर्थिक सहयोग गरेको नेता जिएमले बताए । सरकारले सबै कोरोना संक्रमित विरामीहरुको सम्पूर्ण रुपमा निशुल्क उपचार गराउनुपर्ने दायित्वलाई सम्झाउन पार्टीले यो अभियान संचालन गरेको एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले बताए ।

    जिल्लाको एकमात्र सरकारी अस्पताल भेरीले माग धान्न नसकिरहेको र निजी तवरबाट संचालन भइरहेको मेडिकल कलेज कोहलपुरमा सरकारले सबै खर्च उपलव्ध गराएको छैन् । यो अभियानका लागि एमाले बाँकेले पार्टी नेता दलबहादुर सुनार र अशोक कोइराला संरक्षक तथा सचिव रत्न खत्रीको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । नेता जिएमले यो अभियानमा जोडिन सम्पूर्ण पार्टी कार्यकर्ता, युवा विद्यार्थी तथा शुभेच्छुकहरुलाई आहवान गरेका छन् ।

    कोभिड–१९ बिरुद्धको लडाईमा सिंगो समाज लडिरहेको बेला देशैभरी १० हजार स्वयंसेवक परिचालन गर्ने निर्णय युवा संघले यस अघि नै गरिसकेको छ । युवा परिचालन तथा व्यवस्थापनका लागि केन्द्रमा केन्द्रीय कोभिड–१९ केन्द्रीय समन्वय समितिले संयोजन गर्ने र मातहतमा जिल्ला कमिटी तथा स्थानीय तह (पालिका स्तरीय) कमिटीले स्वयंसेवकको व्यवस्थापन एवं परिचालन गर्ने निर्णय भईसकेको युवा संघ नेपालका प्रवक्ता संजिप राईले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार