Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कोरोना महामारी भयावहः एकैदिन ५,७२७ जना संक्रमित, ३३ को मृत्यु


    शुक्रबार, बैशाख १७ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । सरकारले निषेधाज्ञा लागू गरे पनि त्यसको पालना सर्वसाधारणले संवेदनशील भएर नगर्दा कोरोना संक्रमण ह्वात्तै बढेको छ ।  पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।

    त्यस्तै २४ घन्टामा कोरोना भाइरस निको हुनेको संख्या संख्या ९२८ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार