Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच दल दर्ता, एमाले सुर्य चिन्हसहित १ नम्बरमा


    शुक्रबार, बैशाख १७ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन्। उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उपनिर्वाचनका लागि क्रमश: ठुलो दलहरु एमालेलाई सूर्य, काँग्रेसलाई रुख, नेकपा माओवादी केन्द्रलाई गोलाकार भित्र हँसिया हथौडा, राप्रपालाई हलो चिह्न र तथा नेमकिपालाई मादल चिह्न मतपत्रमा समावेश गरिने भएको छ ।

    आगामी जेठ ६ गते बिहीबार हुने प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने आयोगले निर्णय गरेको छ ।

    त्यस्तै उपनिर्वाचनका लागि ३४८ मतदाता कायम भएका छन्, उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ गरी ३४८ मतदाता कामय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार