Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिनहुँ नेपालमा कोरोनाको नयाँ रेकर्ड, ४९२८ संक्रमित थपिँदा ३५ जनाको मृत्यु


    बिहिबार, बैशाख १६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ ।  कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या झण्डै पाँच हजार नजिक  रहेको छ। नेपालमा कोरोना संक्रमितको संख्या पहिलोपटक यति धेरै  भएको हो।

    यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार ५९७  जनामा पीसीआर परीक्षण र ९६३  जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४८३१ र ९७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३०  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै, पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लख ८० हजार १६७ जना डिस्चार्ज भएका छन् । आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च ३५  रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार २४६  पुगेको छ ।

    हिजो नेपालमा ४८९७  जना थपिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार