Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पत्रकार महासंघको कार्यालय डोजर लगाएर भत्काइयो, दोषीलाई कारबाही नगरे आन्दोलन गर्ने


    बिहिबार, बैशाख १६ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमार्डौं । नेपाल पत्रकार महासंघ  डडेल्धुराको नवनिर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पु¥याएको छ ।  महासंघलाई सूचनाविना नै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बलसमेत प्रयोग गरेर भवनमा क्षति पु¥याइएको घटनाप्रति  महासंघले एक विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ ।

    सुदूरपश्चिम प्रदेशस्तरीय सूचना केन्द्रसमेत रहेको उक्त भवनलाई भत्काउने प्रयासपछि महासंघका अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव पुष्कर भण्डारीले विज्ञप्ति जारी गरेर विरोध गरेका छन् । 

    महासंघले विभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर तीनतले पक्की भवन निर्माण गरिएको र जग्गाको भोगाधिकारसमेत महासंघसँग रहेका अवस्थामा प्रचलित कानून विपरीत  भवन भत्काउने कार्य प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापसँगै अक्षम्य अपराध भएको ठहर गरेको छ । सो विषयमा स्थानीय प्रशासन र डिभिजन वन कार्यालय डडेल्धुरासँग संवादका लागि पहल गर्दासमेत सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाइएको छ । 

    डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले अञ्जानमा गल्ती भएको भनी जवाफ दिएका छन् ।  महासंघले जिल्लाका साधारण सदस्यबाट लेवी तोकेर निर्माण गरिएको सो भवनमा पु¥याइएको क्षतिका सन्दर्भमा छानबिन गरेर २४ घण्टाभित्रै दोषीमाथि कारवाही नगरिएमा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

    नेपाल पत्रकार महासँंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले पनि बिहीबारै विज्ञप्ति जारी गरी महासंघ डडेलधुरा शाखाको भवन डोजर लगाएर भत्काउने दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार