Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईपीएल : चेन्नईसँगको हारपछि हैदरबाद अंक तालिकाको पुछारमा


    बिहिबार, बैशाख १६ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । चेन्नई सुपर किङ्स इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । भने सनराइजर्स हैदरावादले छ खेल खेल्दा पाँचमा हार बेहोर्दै अंकतालिकाको पुछारमा रहेको छ। 

    बुधबार राति दिल्लीको मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

    हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

    चेन्नईको जितमा रुतुराज गायकवाड र फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले । गायकवाडले ७५ रनको इनिङ्स खेल्दा प्लेसिसले ५६ रन बनाए । 

    हैदरावादका राशिद खानले ३ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । 

    हैदरावादका लागि मनिस पाण्डेले ६१ रन र कप्तान डेभिड वार्नरले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

    चेन्नईका लुंगी एनजिडीले २ तथा साम कुरनले १ विकेट लिए ।

    जितसँगै चेन्नईले ६ खेलमा १० अंक जोडेको छ । चेन्नईको यो पाँचौ जित हो ।

    हैदरावादको यो पाँचौ हार हो । पुछारको हैदरावादले ६ खेलमा २ अंक जोडेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार