एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा इङ्ग्लिश प्रिमियर क्लव म्यान्चेष्टर सिटीले फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गरेको छ ।
बुधबार राति पीएसजीको घरेलु मैदानमा भएको खेलमा इङ्ग्लिश क्लब सिटीले पीएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली पीएसजीले खेलको १५ औं मिनेटमा एन्जल डी मारियाको पासमा मार्कुन्होसको गोलमा अग्रता लिएको थियो ।
पहिलो हाफमा एक शुन्यले अघि रहेको घरेलु टोलीले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो।
सिटीका लागि खेलको ६४ औं मिनेटमा ब्रुईनले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । त्यसको ७ मिनेटपछि रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाए ।