Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २ लाखभन्दा बढीले राजधानी छाडे


    बिहिबार, बैशाख १६ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै सरकारले राजधानी उपत्यकामा निषेधाज्ञा जारी गर्ने भएपछि तीन दिनभित्र २ लाखभन्दा बढीले राजधानी छाडेका छन् ।सरकारले वैशाख १६ बाट अत्यावश्यक सेवाबाहेक अन्य सेवामा रोक लगाउने निर्णय गरेपछि गाउँ फर्कनेको लर्को लागेको हो । राजधानीबाट बाहिर जाने नाकामा अत्यधिक भीड लागेको थियो भने सामाजिक दूरी कतै पनि कायम भएको देखिएन । अघिल्लो लकडाउनका कारण आत्तिएका सार्वसाधारण फेरि लकडाउन शुरु हुने भएपछि आत्तिएर आफ्नो थातथलो फर्कने थालेका हुन् ।

    बुधबार बिहान कलंकी र कोटेश्वर भएर देशका बिभिन्न भागमा जानेको संख्या बढेपछि ट्राफिक जाम अत्यधिक बढेको थियो । जसको कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको भएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।राजधानीबाट बाहिरिनेहरूको अवस्था हेर्दा निकै दर्दनाक देखिएको छ । स–साना नानीहरू च्यापेका आमाहरू सवारीसाधनमा प्रवेश गर्न तँछाडमछाड गरिरहेका थिए भने कतिपयचाहिँ काठमाडौं नफर्कने गरी झिटीगुन्टा बोकेर हिँडेका दृश्यले भावविह्वल बनाउने खालको थियो ।गोंगबु बसपार्कमा भेटिएका बाग्लुड रिघाका किशोर श्रीसले रोग भोक र त्रास बोकेर काठमाडौं बस्नुभन्दा आफ्नै गाउँमा मीठो मसिनो जे छ त्यही खाउँला भनेर गाउँ फर्कन लागेकोे बताउनुभयो । बिहीबारबाट आफूले काम गर्दै आएको कार्यालय बन्द हुने भएपछि काठमाडौं बस्नुभन्दा गाउँं नै जानु उचित लागेको उहाँले बताउनुभयो ।

    अघिल्लो लकडाउनका कारण मारमा परेका नेपालीहरू पहिलेको जस्तै नियती भोग्नु नपरोस् भनेर गाउँ फर्कन लागेको झापा शताक्षीधामका विवेक आचार्यले बताउनुभयो । उहाँले अघिल्लो लकडाउनले मलाई राम्रोसँग पाठ सिकाएकाले यसपटक पुरानो गल्ती नदोहोरियोस् भनेर श्रीमती र दुई छोराछोरीसहित गाउँ फर्कन लागेको बताउनुभयोे ।(नेपाल समाचारपत्र)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार