Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा सक्रिय संक्रमितको संख्या ५०० नाघ्यो, निषेधाज्ञाको तयारी


    बुधबार, बैशाख १५ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन। पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको बिगबिगीले महामारीको रुप लिएसँगै मुलुकभर सक्रिय संक्रमितहरुको संख्या दिनहुँ दिन बढ्दै गएको छ। छिमेकी मुलुक भारतमा कोरोनाले जरा गाडेको छ भने त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ।

    यसैबीच, चितवन जिल्लामा पनि कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेको छ । आज बिहान जिल्लाभर सक्रिय संक्रमितको संख्या ५७९ पुगेको हो ।

    आज बिहान थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ५७९ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसिसिएमसी) जानकारी दिएको छ ।

    यस्तै, जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेसँगै निषेधाज्ञा गर्ने बारे छलफल हुने भएको छ । निषेधाज्ञा के गर्ने भन्ने बिषयमा छलफलका लागि आज बिहान ११ बजे डीसिसिएमसीको बैठक बस्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार बैठकले निषेधाज्ञाको बिषयमा निर्णय गर्ने छ।

    यसअघि चितवन प्रशासनले तत्काल निषेधाज्ञा नगर्ने जनाएको थियो । तर संक्रमण फैलिदै गएपछि निषेधाज्ञा गर्ने बिषयमा छलफल हुन लागेको हो ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को सिफारिसमा सरकारले शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार