Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सशस्त्रको सेटिङमा सीमा क्षेत्रमा तस्करी


    बुधबार, बैशाख १५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महेन्द्रनगर । कोरोना महामारीले मुलुकलाई आक्रान्त पारेको छ । कोरोनाले मध्यपश्चिमको नेपालगंज र सुदूरपश्चिम क्षेत्रमा भयावह रुप लिइरहेको छ । भारतमा कोरोना महामारीले दैनिक सयौंको ज्यान लिनेक्रम बढेपछि नेपाली नागरिकहरु फर्किन थालेका छन् । भारतबाट फर्किएका नेपालीका कारण पनि कोरोना महामारी फैलिइरहेको छ ।

    यस्तो बेलामा  सीमा सुरक्षाको जिम्मा लिएका सशस्त्र प्रहरीका हाकिमहरु भने तस्करहरुसँग मिलेर लाभ लिन तल्लीन छन् । सशस्त्रका हाकिमहरुले सीमाबाट भन्सार छली नियन्त्रण गरी राजस्व बृद्धि गर्न भूमिका खेल्नुपर्नेमा त्यसबिपरीत तस्करीलाई प्रोत्साहित गरेको आरोप छ ।

    कन्चनपुरमा सशस्त्र प्रहरीको सेटिङमा तस्करी चलिरहेको छ । सशस्त्र प्रहरीका एसपी वीरेन्द्र ऐरको निर्देशन र सेटिङमा बेलौरी र चाँदनीदोधाराबाट ठूलो तस्करी चलिरहेको छ । यी ठाउँका बिओपीका निरीक्षकको सहयोगमा यी नाकाबाट कपडा, मोटरपार्टस र किरानाका सामानहरूको तस्करी चलिरहेको छ । यसबापत सशस्त्रका एसपी ऐर र बिओपीका निरीक्षकहरूले तस्करहरुसँग दररेट तोकेर असुली गर्ने गरेको आरोप लागेको छ ।

    गण मातहतका बिओपीहरूमा ६÷ ६ महिनामा प्रहरी कर्मचारी परिवर्तन गर्नुपर्नेमा एसपी ऐरले आफ्नो स्वार्थ पूरा नगर्ने र भने अनुसारको आर्थिक कारोवार नगर्नेलाई २÷३ महिनामा नै हटाउने अनि आफ्नो अनुकूलको र टेण्डर कबोल गरेर जानेलाई पठाउने गरेको आरोप समेत लाग्दै आएको छ ।

    दोधरा चाँदनीको पुलमा हिंड्ने मान्छे भन्दा सामान तस्करी गर्नेहरूको संख्या दोब्बर देखिन्छ । बेलौरी, दोधरा चाँदनी, त्रिनगर लगायतका बिओपीले गणपतिलाई मासिक रूपमा दररेट बुझाउने गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार