Nepal Face
  • आइतबार, १० साउन २०८३
  • च्याम्पियन्स लिग : रियल र चेल्सी बराबरीमा


    बुधबार, बैशाख १५ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल मड्रिड र चेल्सीले बराबरी खेलेका छन् ।

    रियलको घरेलु मैदानमा मंगलबार राति भएको सेमिफाइनलको पहिलो लिगमा रियल मड्रिड इंग्लिस क्लब चेल्सीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

    खेलको १४औँ मिनेटमा क्रिष्टियन पुलिसिकको गोलबाट चेल्सीले अग्रता लियो । खेलको २९औँ मिनेटमा रियल मड्रिडका लागि करिम बेन्जिमाले बराबरी गोल गरे ।

    त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । खेल बराबरीमा सकियो । दोस्रो लिग चेल्सीको मैदानमा आगामी मे ६ मा हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार