Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • विदेश जान नेपाल आएका ६ जना भारतीयको क्वारेन्टिनमै मृत्यु


    बुधबार, बैशाख १५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। छिमेकी मुलुक भारतबाट तेस्रो राष्ट्रमा जान नेपाल आएका ६ जना भारतीयको क्वारेन्टिनमै मृत्यु भएको छ ।आइतबारदेखि मंगलबारसम्ममा क्वारेन्टिनमा बस्ने क्रममा बिरामी परेर राजधानीका विभिन्न अस्पतालमा भर्ना भएका ६ जना भारतीय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको समाचार स्रोतले बताएको छ ।

    स्रोतका अनुसार अझै पनि साउदी अरब, सिंगापुरलगायतका तेस्रो मुलुक जाने प्रतीक्षामा रहेका ५ सयदेखि ६ सय भारतीय नागरिक यतिखेर काठमाडौंमा क्वारेन्टिनमा बसिरहेका छन् । उनीहरूमा कोरोना संक्रमण देखिने सम्भावना उच्च रहेको बताइएको छ ।भारतले कोरोना महामारीका कारण विदेशमा जाने हवाई उडानहरू बन्द गरेदेखि नै वैदेशिक रोजगारीमा रहेका भारतीयहरू नेपाल भएर पुनः काममा फर्कन थालेका हुन् । माघको दोस्रो सातादेखि गत मंगलबारसम्ममा ४० हजारभन्दा बढी भारतीय कामदार काठमाडौंस्थित भारतीय दूतावासबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएर आफ्नो विदेशी कर्मथलोमा फर्किसकेका छन् ।

    यसैबीच, स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी नेपालाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकलाई कोभिड–१९ को परीक्षण नगरिदिन सबै प्रयोगशालालाई निर्देशन दिएको छ । मन्त्रालयले आफ्नो निर्देशनविपरीत परीक्षण गरेको पाइएमा नियमअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

    स्वास्थ्य मन्त्रालयको यो चेतावनीलगत्तै अध्यागमन विभागले सोमबार एउटा सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गरी तेस्रो मुलुक जान बुधबार राति १२ बजेदेखि रोक लगाएको छ ।सरोकारवाला निकायहरूको पछिल्लो कदमले तेस्रो मुलुकलाई गन्तव्य बनाई काठमाडौं आउने यात्रुहरूबाट कोरोना संक्रमण फैलन सक्ने सम्भावना रोकिएको छ । तर, यसअगावै नेपाल आएर क्वारेन्टिनमा बसिरहेका विदेशीहरूबाट संक्रमण फैलन सक्ने सम्भावनाप्रति पनि सरोकारवाला निकायहरू चनाखो हुनु उत्तिकै जरुरी छ ।(नेपाल समाचार पत्र दैनिकबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार