Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवाहका लागि पास लिनु नपर्ने, डिपार्टमेन्ट स्टोर पनि बिहान-बेलुका मात्र खुल्ला


    बुधबार, बैशाख १५ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रशासनका कार्यालय काठमाडौंले १६ गतेदेखि लागू हुने गरी थप आदेश जारी गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक सेवामा केही बुँदाहरु थप गरेका हुन् ।

    जारी आदेशमा विवाह तथा ब्रतबन्धमा सहभागी हुनेहरु बढिमा १५ जनाले दुई वटासम्म सवारी साधन प्रयोग गर्न पाउने उल्लेख छ । त्यस्तै, मृत्यु, संस्कार र बिरामी कुरुवाको रुपमा रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात, निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवदेन दिनुपर्ने उल्लेख छ ।

    त्यस्तै, बैंक तथा वित्तिय संस्था, विमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तिय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीहरुले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवातजावत गर्न दिने लगायतका बुँदाहरु समेटिएका छन् ।​

     

    bihe.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार