Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ऊर्जामन्त्री रायमाझीलाई कोरोना, छाउनी अस्पतालमा भर्ना


    मंगलबार, बैशाख १४ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।  
      
    मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उनकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो  । हाल मन्त्री रायमाझीसहित सबैको स्वास्थ्यावस्था सामान्य रहेको निजी सचिवालयले जनाएको  छ । 

    अस्पताल भर्ना हुँदा जोखिम कम भएकाले उनलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ । गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौंँ आएपछि  उनलाई कोरोनाको लक्षण देखा परेको थियो  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार