Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कोरोनाको नयाँ रेकर्ड, २४ घण्टामा मात्रै ४ हजार ५२४ संक्रमित थपिए


    मंगलबार, बैशाख १४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रमअझै जारी रहेको छ । कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ४ हजार ५ सय भन्दामाथि रहेको छ।

    नेपालमा पहिलोपटक यति धेरै संख्यामा संक्रमित थपिएसँगै महामारीको संकेत समेत सुरु भएको छ। 

    यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ । १४ हजार ६७२ जनामा पीसीआर परीक्षण र १००९ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४३६४ र १६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै, पछिल्लो २४ घण्टामा आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार १९४  पुगेको छ ।

    हिजो नेपालमा ३५५६ जना थपिएका थिए भने १२  जनाको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार