Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्रमा आइजीपी खनालको षडयन्त्र असफलः एआइजी केसी र पौडेलको म्यादथप


    सोमबार, बैशाख १३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलका एआइजी पुष्पराम केसी र रामशरण पौडेलको १ बर्ष म्यादथप भएको छ । सशस्त्रका आइजीपी शैलेन्द्र खनाल एआइजी केसी र पौडेलको म्यादथप नगर्ने पक्षमा थिए । आज बसेको मन्त्रिपरिषदको बैठकले एआइजीद्वय केसी र पौडेलको म्यादथपको निर्णय गरेको हो ।

    आइजीपी खनालले एआइजी केसी र पौडेलको म्यादथपको सिफारिस गर्न आनाकानी गर्दैआएका थिए । तर प्रधानमन्त्री कार्यालयले म्यादथपका लागि सिफारिस गर्न निर्देशन दिएपछि उनी बाध्य भएर गरेका थिए । 

    केसी र पौडेल आइजीपी खनालकै ब्याचका भएकाले उनी आफूपछि उनीहरुलाई संगठन प्रमुख हुन नदिने खेलमा लागेका थिए । पदावधि थप नभएको भए एआइजी केसी र पौडेल पदावधिका कारण यही बैशाख २० मा अवकाश हुँदै थिए । 
    यसअघि सशस्त्रका डिआईजीद्वय मन्दिप श्रेष्ठ र खड्ग राईको पदावधि थप भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार