Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निषेधाज्ञामा खाद्य सामाग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्ला हुने


    सोमबार, बैशाख १३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा बैशाख १६ गते विहान ६ बजेबाट बैशाख २२ गतेसम्म एक साता लकडाउन लगाईएको छ ।

    काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले आज एक विज्ञप्ती जारी गर्दै एक सातासम्म अत्यावश्यकबाहेकका सेवा बन्द भएको जनाएका छन् । उक्त आदेश बैशाख १६ गते विहान ६ बजेदेखि बैशाख २२ गते राति १२ः०० बजेसम्म लागु हुने भनिएको छ।

    अत्यावश्यक खाद्य सामग्रीको हकमा खाद्य सामग्री पसलहरु विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म मात्रै खुल्ला हुने भनिएको छ ।

    त्यस्तै, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्रै विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने भनिएको छ । त्यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुलाई भने अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आईसोलेशनमा बस्नुपर्ने भएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार