Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • एकैदिन तीन हजार ५ सय ५६ कोरोना संक्रमित,


    सोमबार, बैशाख १३ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४ सय नमूनाको पिसिआर परीक्षण र ८९३  जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ३ हजार ४ सय ४२ जना र एन्टिजेन विधिबाट ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

    काठमाडौं उपत्यकामा भक्तपुरमा १२२, ललितपुरमा २२३ र काठमाडौंमा १५६७ जना संक्रमित थपिएका छन्।

    यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३ हजार ५ सय ६१ पुगेको छ।

    गत २४ घण्टामा ३७८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ। 

    कोरोनाबाट निको हुनेको दर ९१.५ प्रतिशत छ।

    पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७६ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार